असार १४ गते सार्वजनिक विदा

काठमाण्डु टुडे २०८० असार १२ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,१२ असार- बकर ईदको अवसरमा सरकारले यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय बताएको हो। ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us