
काठमाण्डु ,१२ असार- ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । गुरुङ नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेका थिए ।
पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।
साथै यस घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।