शान्ति सेनाको संख्या १० हजार पु-याउने सरकारको तयारी

काठमाण्डु टुडे २०८० असार ११ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, ११ असार– सरकारले शान्ति सेनाको संख्या बढाउने भएको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा हाल ६ हजार नेपाली सेना विभिन्न द्वन्द्वग्रस्त मुलुकमा परिचालित छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शान्ति सेनाको संख्या १० हजार पुर्याउने गरी सरकार अघि बढेको बताए ।

‘शान्ति सेनाको संख्या हालसम्म ६ हजार रहेकोमा अब १० हजारसम्म पुर्याउने तयारीमा सरकार छ’, उनले भने । राष्ट्रसंघको आग्रहमा दुई हजार सेना तयारी हालतमा राखिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us