नेपाली सेनाले आफ्ना लागि बनाउन थाल्यो हतियार

काठमाण्डु टुडे २०८० असार ११ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, ११ साउन– नेपाली सेनाले आफ्ना लागि चाहिने केही साना हतियार आफैं बनाउन सुरु गरेको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाले हतियार बनाउन थालेको बताए ।

‘मकवानपुरको भीमफेदी र सुनाचरी तथा काठमाण्डुका स्वयम्भू र सुन्दरीजलमा रहेका कारखानाबाट केही साना हतियार, गोलीगठ्ठा र बादरुद उत्पादन गरिहरहेको छ’, उनले भने ।

उनले सेनालाई उत्पादित सैन्य साम्रीको गुणस्तर वृद्धि गर्दै आत्मर्निभर हुने नीति सरकारले लिएको खड्काले जानकारी दिए । यस्तै विकास निर्माण कार्यमा प्रयोग हुने विस्फोटक पदार्थको गुणस्तर वृद्धि गरिने खड्काले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us