सातै प्रदेशमा भारी वर्षा हुँदै, सतर्कता अपनाउन आग्रह

काठमाण्डु टुडे २०८० असार ८ गते ८:१६ मा प्रकाशित

काठमाण्डु, ८ असार– आज सातै प्रदेशमा भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सबै प्रदेशका तराई, पहाड र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

मौसमविद शान्ति कँडेलले मनसुन पश्चिमतर्फ सरेकाले पीश्चम क्षेत्रका जिल्लामा पनि वर्षात हुनेछ । नेपाल मनसुन प्रवेश गरेको एक सातासम्म पनि पश्चिम तराई क्षेत्रमा पानी नपर्दा तापक्रम वृद्धि भइरहेको छ ।

कँडेलका अनुसार देशका अधिकांश पहाडी भू–भागमा गएरातिदेखि नै वर्षात जारी छ । उनले २४ घण्टामा देशका अधिकांश भू–भागमा भारी वर्षा हुने बताइन् । पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणाली र बाँकी भू–भागमा भारत उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको सवभागको भनाइ छ ।

दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ र गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

वर्षापछिको बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us