पाँचथरमा पहिरोमा फसेका तीन परिवारका दस जनालाई हेलिकप्टरबाट उद्धार

काठमाण्डु टुडे २०८० असार ४ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, ४ असार- पाँचथरको याङवारक गाउँपालिका९१ फेदीमा पहिरोमा फसेका १० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

शनीबार राती आएको अविरल वर्षासँगै पहिरोमा फसेका तीन परिवारका दस जनालाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।अनुसार स्थानीय ६० वर्षीय नरमाया गुरूङ, उनको नाति १६ वर्षीय सन्दिप गुरूङ र नातिनी, सोही वडाका ८० वर्षीय कृष्ण बहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीय डिक माया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ, बुहारी ३० वर्षीय सुनिता गुरूङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका पाँचथरले जानकारी दियको छ।

यस्तै सोही वडाका ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीय मन कुमारी गुरूङ, उनीहरूको छोरी १६ वर्षीय सुस्मा गुरूङलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

जनालाई याङवारक च्याङथापु स्थित विष्णु माध्यामिक विद्यालयमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us