केपी ओलीको निर्देशन- कोशीबाहेकको बजेट यथास्थितिमा पास गर्न सकिँदैन, सशक्त विरोध गर्नुस्

काठमाण्डु टुडे २०८० असार ३ गते १७:१० मा प्रकाशित

काठमाण्डु, ३ असार- देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्ने भए पनि सरकारमा रहेका मानिसहरूको स्वार्थ प्रेरित बनाइएको बताएका छन् ।

आज सातै प्रदेशका नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभा सांदहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दैओलीले बजेट विनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक भएको बताएका छन ।

अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिँदै भने, ‘बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउनुस् ।

’ उनले भने, ‘हाम्रो पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्नुपर्छ ।’सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको जिकिर गरे।

उनले कोशी प्रदेश नामाकरणको बिषयमा प्रदेश सभाको दुईतिहाईले विधिवत ढङ्गले निर्णय गरेको निर्णयलाई लिएर झमेला निकाल्न खोजिएको बताए ।कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरूपमा समेट्ने बताए।

बैठकमा प्रदेशसभा नेकपा ९एमाले० संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए ।

त्यसक्रमममा उनीहरुले बजेट देशको समग्र विकासमा नभई मुख्यमन्त्री, अर्थमन्त्री र पूर्वाधार विकास मन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us