
काठमाण्डु, ३० जेठ– कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् ।
सिंगापुर एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ जान लागेको उनको सचिवालय श्रोतले जनाएको छ ।
देउवा फलोअप उपचारका लागि जान लागेको देउवा निकट एक नेताले जानकारी दिए । पेटको रोगबाट पीडित देउवाले सिंगापुरमा उपचार गराउँदै आएका छन् ।
चिकित्सकले प्रत्येक दुई वर्षमा फलोअपमा बोलाए पनि एक वर्ष ढिला जान लागेको बताइएको छ । देउवाको साथमा पत्नी आरज राणा देउवा पनि सिंगापुर जाने छिन् । उनीहरु एक साता सिंगापुर बस्नेछन् ।