प्युठान कार दुर्घटना अपडेट: ८ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ २९ गते १८:१५ मा प्रकाशित

काठमाण्डु,२९ जेठ– प्यूठानको कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु प्रहरीले बताएको छ ।

कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिएका छन ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको थापाले जानकारी दिएका छन ।

मृतकको शव जिल्ला अस्पतालमा राखिएको उनले बताएको छन । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिएकान छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us