पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ २९ गते १७:३७ मा प्रकाशित

नवलपरासी ,२९ जेठ– नवलपरासी बर्दघाट सुस्तापूर्वको अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन । सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिएका छन ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका–१० स्थित जनता माध्यामिक विद्यालयमा कार्यरत शिक्षक हुन् । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।

साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ ।

नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका–१० जनजागृति टोलका सुरज सुवेदी ९शर्मा० को शव फेला परेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का सूचना अधिकारी पाठकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us