स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

काठमाण्डु टुडे २०८० जेठ २९ गते १७:०९ मा प्रकाशित

काठमाण्डु,२९ जेठ– प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना भएको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले बताएको छ । दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिंदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म यकिन नभएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिएका छन ।

खड्काले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पतालबाट आएपछि नै थाहा हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us