प्रचण्डपत्नी सीता दाहाललाई नर्भिक लगियो

काठमाण्डु टुडे २०८० जेठ २९ गते १६:१७ मा प्रकाशित

काठमाण्डु,२९ जेठ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ ।

सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो ।

तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल ल्याइएसँगै उनको नियमित चेकजाँच सुरु गरीएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

त्यहाँ भर्ना गरेर राख्ने या आजै निवास फर्किने भन्नेबारे यकिन भइनसकेको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन । सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित रहेकी छन । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us