
काठमाण्डु,१८ जेठ- नेपाल र भारतका शहरमा दुईपक्षीय उडान गर्ने गरी हवाई रुट दिन भारत सकारात्मक देखिएको छ ।
चार दीने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कम उचाइमा उड्ने एटीआर स्तरका जहाजका लागि भारतले अतिरिक्त इन्ट्री रुट दिने संकेतको स्वागत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ‘हाइअल्टिच्यूड एयर इन्ट्री रुट’का लागि भारतसँग अनुरोध गरिएको र यो छिट्टै प्राप्त हुने अपेक्षा गरिएकोनेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन।