आइएमई पेमा १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका

काठमाण्डु टुडे २०८० जेठ १८ गते १७:०१ मा प्रकाशित

कठमाण्डु, १८ जेठ- ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।

‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को रु १४ मा आइफोन १४ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् ।

यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन् ।आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us