मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ १८ गते १६:३४ मा प्रकाशित

कठमाण्डु, १८ जेठ- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा इशारादेवी धामी रहेकी छन। गोदावरी नगरपालिका– २ तेधरीमा मोटरसाइकलको ठक्करबाट घाइते धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो।

धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल र चालक चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us