
कठमाण्डु, १८ जेठ -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।
आज काठमाण्डुमा आयोजीत एक कार्यक्रममा बोल्दै थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको बताएका छन। अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको उनले बताए।
नेतृत्वको गलत निर्णयका कारण जनताको निराशा बढेको भन्दै थापाले पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन् ।उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्ने बताए।
उनले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सही तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए ।