
एजेन्सी- भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ ।
यो घटनामा कोही पनि हताहत भएको खबर छैन ।किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि दुई जना पाइलट सफलतापूर्वक विमानबाट निस्कन सफल भएको जानकारीमा उल्लेख छ ।
भारतीय वायुसेनाले यो घटनाको कारण बारे पत्ता लगाउनका लागि अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।