भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

काठमाण्डु टुडे २०८० जेठ १८ गते १५:०७ मा प्रकाशित

कठमाण्डु, १८ जेठ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएन् ।

यद्यपि, प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो ।

फुकोट कर्णाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको र यसले नेपालको विद्युत् क्षेत्रको विकास सहयोग पुग्ने प्रधानमन्त्री मोदीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us