प्रचण्डले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाण्डु टुडे २०८० जेठ १८ गते १४:४९ मा प्रकाशित

काठमाण्डु , १८ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

चार दीने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

प्रचण्डले मोदीको भ्रमण चाँडै हुने आशा व्यक्त गरेका छन् । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै प्रचण्डले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने बताए ।भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आफू आतुर रहेको प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us