नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

काठमाण्डु टुडे २०८० जेठ १८ गते १४:३१ मा प्रकाशित

कठमाण्डु, १८ जेठ-नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

भारत भ्रमरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार सात सम्झौता भएका हुन् ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा९चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us