नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च पुग्यो रिट

काठमाण्डु टुडे २०८० जेठ १८ गते १४:१४ मा प्रकाशित

कठमाण्डु ,१८ जेठ -राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले आज ९बिहीबार० रिट पेस गरेका हुन् ।

रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन भनेका छन् ।

रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us