
काठमाण्डु, १८ जेठ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो । ‘शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सचिवालय बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने गुरुङले जानकारी दिए ।