
काठमाण्डु ,१८ जेठ- आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा पहिलोपटक रेल आउन लागेको हो।
बथनाहामा अहिले उक्त रेल साजसजावटसहित तयारी अवस्थामा राखिएको छ।उक्त रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ । कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ ।
आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन्।कार्गो रेल आउने भएपछि त्यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।