
काठमाण्डु ,१८ जेठ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेट वमर्ता सुरु भएको हो। द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।