

काठमाण्डु,१७ जेठ-नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।
प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।
प्रदेशका १४ जनै जिल्ला सभापतिहरूले विज्ञप्तिमार्फत पहिचानवादी आन्दोलनप्रति दमनमा नउत्रन माग गरेका छन्।
फागुन १७ मा कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरेको थियो। त्यसपछि प्रदेशमा पहिचानको पक्षमा आन्दोलन उठेको थियो।प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ’, सभापतिहरूले विज्ञप्तिमा भनेका छन्, ‘यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।
बिपीकै पालादेखि कांग्रेस समावेशीकरण र पहिचानको पक्षमा उभिएको बताउँदै सभापतिहरूले भनेका छन्, ‘अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं।’