क्रिकेटर सन्दीप लामिछानेको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८० जेठ १६ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १६ जेठ-सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले माईतीघर मण्डलामा प्रदर्शन गरेका छन।

र लामिछाने विरुद्धको नाबालीक बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ ।

उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

यसअघि काठमाण्डु जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us