२० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ४ घन्टा बढी समय बित्दा पनि सुरू हुन सकेन

काठमाण्डु टुडे २०८० जेठ १२ गते १७:४३ मा प्रकाशित

काठमाण्डु,१२जेठ- २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ४ घन्टा बढी समय बित्दा पनि सुरू हुन सकेको छैन।

शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक आजै दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

३ बजे बस्ने भनिएको बैठक आजै साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।

यसअघिको संसद बैठकमा नेकपा(माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।त्यही विषयलाई लिएर एमालेले आज संसद अवरोध गरेको थीयो।

उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us