कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

काठमाण्डु टुडे २०८० जेठ १२ गते १२:४१ मा प्रकाशित

काठमाण्डु,१२ जेठ-नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले पूर्व सांसदसमेत रहेका विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् । पार्टी प्रवक्ता डा.प्रकाशशरण महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेकाले प्रचार मोर्चालाई सशक्त बनाउन कांग्रेसले विश्वकर्मालाइ प्रचार विभाग प्रमुखमा नियुक्त गरेकाहो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us