
काठमाण्डु,११ जेठ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) काठमाडु–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ ।
यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने नेपाल एयरलाइन्सले तयारी गरेको छ ।
निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडानरअवतरण गर्ने समय) प्राप्त गरेको छ ।
अब बाँकी प्रक्रियाका लागि काम भइरहेको छ । निगमले यस रुटमा वाइडबडी ए–३३० जहाज उडाउने तयारी गरेको छ ।
निगमले २१ जुन ९६ असार०मा पहिलो उडान गर्ने गरी प्रस्ताव गरेको छ। । नेपाल र अष्ट्रेलियाबीच चार वर्ष अगाडि नै हवाई सेवा सम्झौता भइसकेको थियो ।
तर, व्यावसायिक उडान भने हुन सकेको थिएन । निगमले कोभिड-१९ को समयमा यहाँ चार्टर्ड उडान भने गरिसकेको छ ।