
काठमाण्डु,११ जेठ- विहीबार काठमाण्डु उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
उक्त वायुका कारण अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाण्डु सहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उनले बताए ।
कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।