
काठमाण्डु, ७ जेठ– कांग्रेस सांसद अर्जुननरसिंह केसीले नुवाकोटको साततले दरबारको मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन ।
आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नुवाकोटको सात तले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा रहेको बताएका छन ।
उनले भने, ‘राष्ट्रिय एकीकरणको महत्त्वपूर्ण थलोको रूपमा रहेको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको नुवाकोटको साततले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा छ ।
मर्मत सम्भार हुन सकेको छैन । त्यतातिर सरकारको ध्यान जाओस् ।’ उनले नुवाकोट सम्पदा बस्ती विकास आयोजनाको काम अगाडि बढाउन पनि सरकार सँग माग गरेका छन ।