रुसले अमेरिकाका पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई लगायो प्रतिबन्ध

काठमाण्डु टुडे २०८० जेठ ७ गते ११:२९ मा प्रकाशित

एजेन्सी– रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको छ ।

यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।

रुसले प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरु रहेका छन । यसैगरी रुसले अमेरिकी पत्रकारहरुलाई पनि प्रतिबन्ध लगादिएको छ ।

प्रतिबन्धमा पर्नेमा सीएनएनका एंकर एरिन बर्नेट, एमएसएनबीसीका प्रस्तोता राहेल मादावो, स्कारबोरो लगायत रहेका छन । रुसविरुद्ध भ्रामक प्रचार प्रसार गरेकाले उनीहरुलाई कालोसूचीमा राखेर रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी अधिकारीहरुले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us