उच्च मूल्यवृद्धि नियन्त्रण गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०८० जेठ ५ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– सरकारले विश्व आर्थिक मन्दीको मारमा बढेको मूल्यवृद्धि नियन्त्रणको सीमामा राख्ने घोषणा गरेको छ ।

आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताएका छन ।

सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा सृजित मूल्यवृद्धि सरकारले नियन्त्रणमा लिनेछ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us