
काठमाण्डु, ५ जेठ– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहसँग साँठगाँठ देखीएपछि फरार भएकी भनिएकी कांग्रेस संसद मञ्जु खाण संसदमा उपस्थित भएकी छन् ।
आज (शुक्रबार)को प्रतिनिधिसभा बैठकमा खाण सहभागी भएसँगै उनी फरार भएको समाचार गलत भएको हो । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाण पक्राउ परेसँगै बालकृष्णकी श्रीमती समेत रहेकी मञ्जु फरार भएको विभिन्न सञ्चारमाध्यमहरुले उनी फरार भएको समाचार प्रसारण र प्रकाशन गरेका थिए ।