
काठमाण्डु, ५ जेठ– सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।
आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा गरेका हुन । नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने घोषणा गरेको छ ।
उनले विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि गरेका छन । उनले खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा गरेका छन ।