
काठमाण्डु, ३ जेठ– कांग्रेस नेता डा। शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लैले प्रतिस्प्रर्धा गर्नु पर्ने बताएका छन ।
उनले अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने बताएका छन ।
आज (बुधबार) काठमाण्डुमा आयोजित प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
नेता कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताएका छन ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताएका छन । उनले भने, ‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ ।