कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छ: नेपाल

काठमाण्डु टुडे २०८० जेठ ३ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन ।

आज (बुधबार) काठमाण्डुमा मदन–आश्रति स्मृति दिवसमा उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताएका छन।

उनले भने, ‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिष्पर्धा भइरहेको छ । ’ उनले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको भन्दै नेपाली राजनीतिलाई जोगाउन चुनौती भएको बताएका छन ।

उनले अर्को फरक प्रशंगमा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाउँदै यस्ता अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले–कार्यकर्ताहरुलाई सुझाव दिएका छन ।

नेपालले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको र जबजबाट विचलित भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us