
काठमाण्डू, ३ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट शक्तिबीच सहकार्यको प्रेरणा दिने बताएका छन् ।
३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा बुधबार एक सन्देश दिँदै उनले भनेका छन्–आज ३० औँ मदन–आश्रित स्मृति दिवस ।रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्णश्रद्धासुमन व्यक्त गर्दछु । यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।
तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३गते भएको जिप दुर्घटनामा निधन भएको थियो ।