सरकारको नीति तथा कार्यक्रम उपराष्ट्रपतिलाई वाचन गर्न लगाऔँ: रिमाल

काठमाण्डु टुडे २०८० जेठ २ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, २ जेठ– एमाले उपमहासचिव विष्णु रिमालले अस्वस्थताका कारण राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नसके उपराष्ट्रपतिले गर्नुपर्ने बताएका छन ।

उनले संविधान मिच्ने काम नगरौँ भन्दै सामाजिक सञ्जालमा सरकारको नीति तथा कार्यक्रमको वाचन राष्ट्रपतिले गर्ने संवैधानिक÷कानुनी व्यवस्था भएको उल्लेख गरेका छन ।

उनले भनेका छन, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्यमा सुधार नभएको समाचार आयो, नमज्जा लाग्यो । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना’ अझ नमज्जा त अर्को समाचारले गरायो, राष्ट्रपति अस्वस्थ हुनुभएकोले प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने रे १’ नेता रिमालले यदि समाचारमा सत्यता छ भने त्यसो नगर्न सुझाव दिएका छन् ।

उनले भनेका छन, ‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्ने गरी कार्यवाहक तोकौँ ‘यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ । त्यसै गरौँ ।’ उनले संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम गर्न नहुने बताएका छन ।

गत शुक्रवार भएको तीन दलका शीर्ष नेताबीच राष्ट्रपतिको अस्वस्थताका कारण सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सुरुवात गरेर प्रधानमन्त्रीले वाचन गर्नेबारे निर्णय भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us