संसद् र सरकार अरूले चलाउँदो रहेछ, म त ‘शोकेसको मान्छे’ भएँ: सुदन किराँती

काठमाण्डु टुडे २०८० जेठ २ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २ जेठ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाइ रहेको अनुभूति आफूलाई भएको बताएका छन ।

आज (मंगलबार) संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

मन्त्री करातीले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताएका छन । मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरेका छन ।

उनले भने, ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो ।

हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसद्‍मा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईंहरुले बोलिदिनु पर्‍यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us