प्रधानमन्त्रीले बोलाए १० दलको बैठक

काठमाण्डु टुडे २०८० जेठ २ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, २ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्तारुढ १० दलको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन नेताहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन ।

प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् ।

आजको बैठकमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us