
काठमाण्डु, २ जेठ– एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले ३१ वैशाखमा रायमाझीलाई काठमाण्डुको बुढानीलकण्ठबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिएका छन ।
शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी,कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा रहेका छन ।