
काठमाण्डु, १ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा व्यवस्था र अवस्था आधा मात्रै बदलिएको बताएका छन ।
आज सोमबार विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन । उनले सिङ्गै व्यवस्थालाई रूपान्तरण गरेर अवस्था परिवर्तनमा लाग्नुपर्ने बताएका छन ।
उनले भने, ‘देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ । व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी छ । सिङ्गो व्यवस्थालाई रूपान्तरण गर्न खाँचो छ ।
अनि मात्रै अवस्थामा परिवर्तन गर्न सक्छौँ’ अर्को भाष्य छ निर्वाचनदेखि निर्वाचनसम्म मात्रै भयो । एउटा चुनावदेखि चुनावसम्म अर्को जनतादेखि जनतासम्मको व्यवस्था छ ।
हामी कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुने र जनताको हित र कल्याणमा लागि रहने हो ।’ उनले कम्युनिस्टहरू जनतामा लाग्नुको मतलब जनताको चेतना निर्माणमा दृढ भई लाग्नुपर्ने बताएका छन । उनले भने, ‘हाम्रो जनता बाहेक अर्थोक कुनै राजनीति छैन । कम्युनिस्ट बाहेक अरूले राम्रो गर्न सक्दैनन् ।’