रेशम चौधरीको मुद्दामा बहस सकिएन, भोलि नै अर्को पेसी

काठमाण्डु टुडे २०८० जेठ १ गते १७:३६ मा प्रकाशित

6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL

काठमाण्डु, १ जेठ– कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

आाज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको छ ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा रहेका छन ।

जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाई पाउनुपर्ने भन्दै बहस चलको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाई दिनुपर्ने माग छ ।

जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने बताएका छन । यस्तै कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।

तर सोमबारको बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको छ । २०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो ।

गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए ।

तर सोमबारको सुनुवाइमा पनि बहस नसकिएपछि अब जेठ २ गते मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us