
काठमाण्डु, १ जेठ– पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९१ जनाको नमुनामध्ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइएको मन्त्रालयले जानकारी दिएको छ ।