टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

काठमाण्डु टुडे २०८० जेठ १ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नेकपा एमाले नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भएका छन । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको संसद लाई जानकारी गराएका हुन ।

यसअघि एमाले सचिव पदबाट निलम्बित भएका उनलाई सोमबार सांसद पदबाट पनि निलम्बन भएका हुन । उनी आइतबार साँझ काठमाण्डुको बुढानिलकण्ठबाट पक्राउ परेका थिए।

पक्राउ परेका रायमाझी अर्घखाँचीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। मंसिर ४ गते भएको निर्वाचनमा उनले नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई पराजित गर्दै निर्वाचित भएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी संलग्न भएको देखिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us