भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरौं: ज्ञानेन्द्र शाही

काठमाण्डु टुडे २०८० जेठ १ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, १ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको आरोप लगाएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । शाहीले भ्रष्टाचारका आरोपित नै सडकमा विगत ३४ बर्षदेखि यस्तै प्राक्टिस हुँदै आएको बताएका छन ।

उनले अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न भएको बताएका छन । उनले भने, यो अहिले मात्रै होइन ३४ वर्षदेखि यस्तो प्राक्टिस भइहरेको छ’ ।

उनले भ्रष्टाचारका विरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताएका छन ।

उनले भ्रष्टाचारविरुद्ध कानुन बन्दै गर्दा ५ बर्षको हदवन्दी राख्न लागिएकोमा आपत्ति व्यक्त गरेका छन । शाहीले सडकमा नभई सदनबाट मुलुकका ठुलठुला भ्रष्टाचारका काण्डहरु ३३ केजी सुन, महराको टेप काण्ड, चमेलिया, लाउडा, चेज एयर, ओम्नी, यति, लडाकुका नाममा भएको भ्रष्टाचार, नेपाल ट्रष्ट लगायतका काण्डमा लड्ने हो पार्टी, पंक्ति र सिद्धान्त र दलभन्दा माथि उठेर कानुन बनाउन तयार हो भन्दै उनले प्रश्न समेत गरेका छन ।

उनले भने, ‘हुनुहुन्छ भने हेर्न चाहान्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही रु’, ठुला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहान्छु । यसो नगरौं ।

तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्युनीकरण गर्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us