भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो: आरजु राणा

काठमाण्डु टुडे २०८० जेठ १ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, १ जेठ– कांग्रेस सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति व्यक्त गरेकी छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन । उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी छन ।

उनले उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको बताएकी छन ।

उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’

उनले महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताएकी छन । उनले भनिन् ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us