
6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL
काठमाण्डु, १ जेठ– टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले हेर्दाहेर्दै राखेको मुद्दा सुनुवाइको लागि पेसी तोकिएको छ । उक्त मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।
उक्त दिन चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमदेखि सरकारी वकिल र प्रतिपक्षका कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन ।
बहसका लागि महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको नेतृत्वमा २ सदस्यीय टोली पठाएको थियो । उनीहरुको बहसपछि निवेदकलाई प्रतिरक्षा बहसका लागि केही समय उपलब्ध गराउँदै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको हो ।
सरकारले केही दिनअघि चौधरीलाई माफी दिनकै लागि विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। चौधरीको भविष्य सर्वोच्चले सुनाउने फैसलामै निर्भर हुने देखीएको छ ।
नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरी सहितका टीकापुर घटनामा संलग्नहरुलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको थियो।
तर उक्त विधेयक पास हुनुअघि नै सर्वोच्चले फैसला सुनाएमा उक्त व्यवस्था काम नलाग्ने भएको छ । सर्वोच्च अदालतले सफाइ दिएमा उनले सबै अभियोगमा क्लिन चिट पाउँदै राजनीतिमा फर्कन पाउनेछन् भने सर्वोच्चले दोषी ठहर गरेमा उनीलाई माफी दिने सबै बाटा बन्द हुने छ।