चितवनको पर्सामा बस दुर्घटना, ३१ जना घाइते

काठमाण्डु टुडे २०८० जेठ १ गते ८:२२ मा प्रकाशित

चितवन, १ जेठ– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको पर्सामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

कलैयाबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०३–००१ख२५६१ नम्बरको बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजना गम्भीर घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us